कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा


काठमाडौं । प्रहरीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ।’

गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।




पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो । एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।



सम्बन्धित
Loading...