प्रतिनिधि सभा विघटन प्रतिगमनकारी कदमः महासचिव सूर्यवंशी
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यबँशी मगरले गत पौष ५ गते भएको प्रतिनीधि सभा विघटनको घटना प्रतिगमनकारी कदम भएको बताएका छन् ।
शनिबार पार्टीको लुम्बिनी प्रदेश समितिले रुपन्देहीको बुटवलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनको घट्ना रहस्यमयी, खेदजनक र भत्र्सना योग्य भएको बताएका छन् ।
उनले प्राप्त सुविधाजनक जनादेशमाथि कुठाराघात गर्दै आपसी कलह र द्वन्द्वका आवरणमा चालिएको यो कदमले देशलाई पुनः अस्थिरता तर्फ धकेल्ने ठहर गरे । “यो घट्नाले देशको राजनीतिमा थप जटीलता सृजना गर्दछ ” उनले भने ।
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनीधि सभा बिघटन गरेर हाल सम्म प्राप्त उपलब्धीहरुको स्थायित्वमा चूनौति समेत खडा गरेको उनले स्पष्ट पारे ।
बिरोध सभा अघि लखन चोक चौराह हुँदै नेपाल गन्ज रोड नयाँ चोकसम्म बिरोध ¥याली समेत गरिएको थियो ।
नयाँ चोकमा आएर बिरोध सभामा परिणत भएको कार्यक्रममा प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गको सभाध्यक्षता रहेको थियो भने पार्टीका महासचिव केशव सुर्यबँशी मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा मगरले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा राष्ट्रिय दलित मोर्चाका सहसंयोजक हरिओम बिके, जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा, प्रवास बिभाग प्रमुख कमला थापा, राष्ट्रिय मुश्लिम परिषदका संयोजक डा हाजी मोहम्मद हशनले पनि सम्बोधन गरेका थिए ।
https://www.youtube.com/watch?v=gbUfOmjorUE&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=6

