महोत्तरीमा प्रचण्ड-माधव समुहको अभिब्यक्तीलाइ लिएर अर्को आन्दोलन गर्ने सङकेत
हिजो बर्दिबास नगरपालिकामा नेपाल कम्युनिष्ट पाटीका केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले दिएको अभिब्यक्तीप्रती नेपाली काङ्ग्रेसले आपत्ती जनाएको छ ।
दहाल-नेपाल समुहले आवहान गरेको आम हडतालमा नेपाली काङ्ग्रेसलाई लक्षित गर्दै भिजिलान्ते जस्ता अमर्यादित शब्द प्रयोग गरेको भन्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती, प्रदेश कार्यसमिती, नगर कार्यसमिती र भातृ संङगठनहरुले एकसाथ आपत्ती जनाएका हुन ।
पराजित मानसिकताले तल्लो स्तरका सब्दहरु प्रयोग गर्दै जनसमुदायमाथी नै ठेस पुग्ने गरि गाली गलौजमा उत्रेको बताउदै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ :” निकृष्ट अभिब्यक्तीले समाजमा पर्न सक्ने सम्भावित प्रतिकुल असरको जिम्मेवारी समबन्धीत पक्षले लिनुपर्ने देखिन्छ ।”
नेपाली काङ्ग्रेसलाई लक्षित गरि प्रयोग भएका शब्द र गालीगलौजको बिषयमा आत्मआलोचना नभए नेपाली काङ्ग्रेस कडा प्रतिबादमा उत्रने पनि नेपाली काङ्ग्रेस नगर समीतीले चेतावनी दिएको छ ।
