नेपालगन्जमा राताे मार्चपास सहित जनसभा


 



बाँके । नेकपा क्रान्तिकारी माओवादी बर्दिया र बाँकेको संयुक्त आयुजनामा जनयुद्ध दिवसकाे अवसर पारेर नेपालगन्जमा राताे मार्चपास सहित जनसभा गरेकाे छ । नेपालगन्जकाे वाटरपार्कबाट शुरू भएकाे मार्चपास न्यूरोड हुँदै त्रिभुवन चाेकमा पुगेर जनसभा गरेको थियाे ।

उक्त जनसभालाई सम्बाेद्धन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पाेलिटव्युराे सदस्य केबि गुरुङले जनयुद्ध दिवसकाे महत्व बारे चर्चा गर्दै वर्तमान सत्ता र व्यवस्थाबाट नेपाली जनता सुखि र सम्बृद्व हुन नसक्ने बताए । साथै अबको बाटो भनेको जनताको जनविद्रोहद्वारा दलाल संसदीय प्रतिक्रिया व्यवस्थाको खारेजी र त्यसको विकल्पमा संघिय जनगणतन्त्रको स्थापना गर्दै बैज्ञानिक समाजवाद र साम्यवाद भएको उनले बताए ।




जनसभालाई सम्बोधन गर्दै पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले गद्दार गरेर धोका दिदैमा क्रान्ति नरोकिने जिकिर गरे । मुलुकमा वर्तमान राजनैतिक संकट आउनुमा संसदीय व्यवस्थाकै असफलता भएकाे उल्लेख गरे ।

त्यस‌गरी पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज तेजविक्रम शाहीले तत्कालीन माअोवादीले २०५२ सालमा जनयुद्ध शुरु गरि प्राप्त गरेका (संघियता र धर्मनिरपेक्षता) लगायतका केही उपलब्धि समेत घुमाउने खतरा भएको बताए । साथै केपी अोलिले चालेको प्रतिगामी कदम आफ्नै स्वविवेकले नभई राष्ट्रिय- अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल भएको उनकने भनाइ थियाे ।

देजमो नेपालकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंले मुलुक काण्डै काण्डमा फसेको र अहिलेको व्यवस्थाले महिलाको हक,अधिकार सम्बोधन गर्न नसक्ने बताइन् ।चौलागाईंले निर्मला, सम्झना हुँदै भगिरथा सम्म आइ पुग्दा सरकारले कसैलाई पनि न्याय दिन नसकेको चर्चा गरिन् ।

पार्टीका बर्दिया सेक्रेटरी विपिनकाे अध्यक्षतामा भएकाे जनसभा कार्यक्रमकाे सञ्चालन पार्टीका बाँकेका सेक्रेटरी चट्याङले सञ्चालन गरेका थिए । सो कार्यक्रममा देजमाे नेपालका लुम्बिनी प्रदेश सह- सचिव विक्रम भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

रातोमार्चपास तथा जनसभा कार्यक्रममा बाँके र बर्दियाका नेता एवम् कार्यकर्ताको बाक्लो उपस्थितिका साथै नेपालगन्ज उपमहानगरपालिकाका स्थानीयले समेत उक्त कार्यक्रमप्रति चासो राख्दै उत्साहजनक सहभागीता जनाएका थिए ।



सम्बन्धित
Loading...