म मरेर केही हुन्न


 

 

 

 

 

 



  • डा. शिव शंकर बस्याल –

म मरेर केही हुन्न देश बाँचेपछि
म रोएर केही हुन्न देश हाँसेपछि ।।




पहाड बोकी छातीभरी तराई मुटु भित्र
हिमाल पहाड मधेषका सजाई मानचित्र ।।
दुख भित्र मुस्कुराउन सक्ने पनि हामी
भोक, जाडो, आशु, खुशी बाड्ने नेपाली ।।।

उत्तरको सिरेटोमा लुग्लुगाउने दक्षिण
मधेषको पसिनामा उत्तर सोधी लक्षिक ।।
मेचीतिर ठिकै छ कि सोच्छ पलपल काली
स्वाभीमानी रगतमा बाँच्ने नेपाली ।।।

संगै सुत्दा गोडा लाग्छ बिर्सिन्छौ बिहानै
मिलिजुली काम गर्छौ भाईबन्धु समानै ।।
प्राणभन्दा प्यारो मेरो देश गर्ला बैरी गाली
हाजिर छौँ बाघसरी हामी वीर नेपाली ।।।

बुझ्नुपर्छ पहाडले तराईको तातो
हिड्नुपर्छ तराईले उकालो त्यो बाटो ।।
शीर, छाती, पाउ काटे बाचिदैन हामी
रम्लान हाम्रो लासमाथी बुझौँ है नेपाली ।।।



सम्बन्धित
Loading...