विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’ सञ्चालन


स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ ।



विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एक रूपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पुर्याउने उद्देश्यले विपद् पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याइएको वालिङ नगरपालिका सूचना प्रविधि शाखा प्रमुख इप्रका अर्यालले बताए ।




युथ इनोभेसन ल्याब प्रालि काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सम्भावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपद्कै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद् पूर्वको अवस्थाका बारेमा जानकारी दिइने उनले बताए ।

पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी अर्ली वार्निङ सिस्टम’मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी रहेको अर्यालले बताए ।

विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यव‚थापन प्रणाली हो जुन नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको छ युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताए ।



सम्बन्धित
Loading...