शीर्ष नेताहरु अनिर्णित बनेपछि बोलाइयो जसपाको केन्द्रीय कार्यकारिणी बैठक
सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीतिमा उथलपुथल मच्चिएको छ। एमाले र माओवादी केन्द्र नै दुइटा भएपछि, यी दुई पार्टीका अध्यक्षबीच मनमुटाव हुनुले पनि सरकारको आयु बढ्नेभन्दा घट्ने संकेत देखिएको छ।
सत्ता समीकरणमा यतिबेला दोहोरो फाइदा जनता समाजवादी पार्टीलाई छ। तर सरकारमा जानुअघि उनले आफ्ना केही शर्तहरु प्रधानमन्त्री केपी शर्मा ओली र सत्तामै रहेका माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसामु राख्दै आएका छन्।
जसपाले संविधान संशोधन, निलम्बित सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र मधेस र थरुहट आन्दोलनका झुटा मुद्दाहरु फिर्तालगायत माग अघि सारेका छन्। यी माग पूरा नभएसम्म जसपा सरकारमा नजनाने बताएका छन्।
