ओलीले बोलाएको बैठकमा हिँडेका नेपाल पक्षीय सांसद बीच बाटोबाटै फर्किए
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा हिँडेका माधव नेपाल पक्षीय केही सांसदहरु बीचबाटै फिर्किएकाछन्। उनीहरु बैठकमा सहभागी हुन बालुवाटार हिँडेको एक नेताले जानकारी दिएका थिए। तर उनीहरु बैठकमा सहभागी नभइ बीच बाटोबाटै फर्किएको बताइएको छ।
प्रधानमन्त्री ओली आज ११ बजे बैठक डाकेका थिए। उनले एमाले सबै सांसदहरुलाई सहभागी हुन आह्वानसमेत गरेका थिए। यता नेपाल पक्षीय नेता कार्यकर्ताहरुको भेला आज पनि जारी रहेकाले बैठकमा सहभागी नहुन नेपाल पक्षीय नेताहरुले उर्जी जारी गरेका थिए।
