प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावमार्फत् हटाउन एमाले सांसदको चुनौति
नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावमार्फत् हटाउन चुनौति दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अविश्वास प्रस्ताव ल्याउन नसक्नेले किन प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्दै प्रश्न गरेका हुन्।
‘नैतिकता त गज्जबको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने?’ उनको प्रश्न थियो।