निर्वाचनमा आफू विजयी हुने इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार भएको निर्वाचनमा आफ्नो जित हुने दाबी गरेका छन् । मंगलबार इजरायलमा पछिल्लो दुई वर्षमा चौथोपटक आम निर्वाचन सम्पन्न भएको हो । नेतान्याहू लामो समयदेखि इजरायलको प्रधानमन्त्री रहँदै आएका छन् ।



इजरायलका प्रमुख सञ्चारमाध्यमहरुले पनि मंगलबारको निर्वाचनमा नेतान्याहूको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपण गरेका छन् । इजरायलको संसद १२० सिटको छ ।
नेतान्याहूले यसअघि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चालेको कदमका कारण यो निर्वाचनमा आफ्नो जित हुने बताएका थिए ।




इजरायलमा अहिले आधाभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । इजरायल कोरोना खोप अभियान सबैभन्दा तीव्र गतिमा सञ्चालन गर्ने मुलुकमध्येको एक हो ।

नेतान्याहूले निर्वाचनमा दक्षिणपन्थीको लागि ठूलो जित भएको बताएका छन् । उनले आफ्नो सिद्धान्त मान्ने सबैलाई समेटेर अघि बढ्नेसमेत बताएका छन् । विपक्षी नेताहरुले भने मंगलबारको निर्वाचनमा इजरायलमा नेतान्याहूको विपक्षी समूहले बहुमत ल्याउने दाबी गरेका छन् ।इजरायलमा एक वर्षअघि बनाएको गठबन्धनको सरकार टुटेसँगै नेतान्याहूले संसद विघटन गर्दै दुई वर्षमा चौथो निर्वाचनको घोषणा गरेका थिए ।



सम्बन्धित
Loading...