नेपालीहरूको निर्णय गर्ने अधिकार खोसिन थाल्याेः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूको निर्णय गर्ने अधिकार खोसिन थालिएको अनुभुति हुन थालेको बताउनु भएको छ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेलालाई तथा प्रशिक्षण कार्यक्रमलाई काभ्रेपलाञ्चोकको धुलिखेलमा बोल्दै प्रचण्डले नेपालीलाई नराम्रोसँग हेप्न थालेको आभास हुन थालेको भन्नु भएको हो ।
पुस ५ गते संसद् मात्रै भंग नभएर संविधानलाई च्यातेर कागज जस्तो खोस्टो बनाउने दुस्साहस गरिएको दाबी गरेको बताउँनु भयो ।प्रतिनिधि सभा विघटन गर्दा संविधानमा सार्वभौम नेपाली जनताको अधिकारको अपहरण गरिएको र पहिला जस्तो मध्यावधि निर्वाचन जस्तो मात्रै नभई नेपाली जनताले त्यसैमा साथ दिए सफल भएको पनि उहाँले भन्नु भयो ।
तर अझैपनि खतराको कालो बादल आकाशमा मडारिएकै अवस्थामा नेपाली जनताले आफ्नो चनाखोपन र राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएनौँ भने खतरा हुन सक्ने बताउँनु भयो । उहाँले कार्यक्रममा नेपाली नागरिकलाई फेरि एक पटक निरीह बनाउन खोजिएको भन्नु भयो ।
