सात वर्षपछि लिबियास्थित दूतावास खोल्दै फ्रान्स
फ्रान्सले लिबियास्थित दूतावास सात वर्षपछि पुनः खोल्ने निर्णय गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले आगामी सोमबारबाट लिबियाको राजधानी त्रिपोलीमा रहेको फ्रान्सेली दूतावास खोल्ने जानकारी दिएका छन् ।
लिबियाको नयाँ सरकारलाई समर्थन गर्दै दूतावास खोल्ने निर्णय गरिएको म्याक्रोंले बताएका हुन् । लिबियामा मार्च १६ देखि प्रधानमन्त्री अब्दुल हामिद डिबेइबाहको नेतृत्वमा एकल सरकार बनेको छ । यसअघि पूर्वी र पश्चिमी क्षेत्रमा फरकफरक नेतृत्वको सरकार थियो ।
