एमाले संसदीय दलको बैठक बस्दै, माधव नेपाल र भीम रावल नजाने
माधव कुमार नेपाल—झलनाथ खनाल पक्षका सांसदहरु एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जाने भएका छन् । बैठकमा नेता झलनाथ खनालपनि सहभागी हुनेछन् । खनाल कै नेतृत्वमा सांसदहरू बैठकमा सहभागी हुने बताइएकाे छ ।
अहिले केहीबेरपछि बस्ने बैठकमा सहभागी हुन नेताहरु बालुवाटार जाने भएका हुन् । नेपाल समूहका सांसदहरु बैठकमा सहभागी हुन बालुवाटार जाने भएपनि स्वयम नेपाल र भीम रावल भने बैठकमा सहभागी नहुने भएका छन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराइका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने भन्ने विषयमा छलफल हुनछे ।
