आधार इलाका विस्तार गर्दै क्रान्तिकारी माओवादी




नवलपुर । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले नवलपुरका मुख्य मुख्य स्थान छनौट गरेर उक्त गाउँलाई आधार इलाकाको रुपमा विस्तार गर्ने निर्णय गरेको छ ।

मंगलबार कावासोतीमा बसेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरको जिल्ला सचिवालय वैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीको संगठन सुदृढीकरण अभियान तथा संगठन विस्तार अभियानलाई सँगसँगै लगेर बैशाख भित्र एउटा स्थानीय तहमा कम्तिमा एउटा गाउँलाई आधार इलाकाको रुपमा विस्तार गर्ने निर्णय गरेको हो ।




त्यसैगरी चैत्र २४ गते जनआन्दोलन दिवस पोखरामा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।
त्यसैगरी अन्यायमा परेको दलित, उत्पीडित, पीछडावर्गको पक्षमा पार्टीले वकालत गर्ने निर्णय समेत गरेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सक्रेटरी उत्तम थापाले बताए ।

 



सम्बन्धित
Loading...