नेकपा एमालेको माधव–झलनाथ पक्षले स्थायी कमिटीको बैठक बोलाए
नेकपा (एमाले) को माधव –झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बोलाएको छ ।आज बिहान ११ बजेको लागि स्थायी कमिटी बैठक बस्ने छ ।
नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो ।
नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ।
उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्।
एमालेको केन्द्रीय कमिटीको गत चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।