खोई डढेलो नियन्त्रण


गर्मी लाग्न शुरु हुना साथ नवलपरासी सहित देशभर जंगलमा डढेलो लाग्न शुरु गरेको छ। खास गरेर सामुदायिक वन होस् वा सरकारी वन वा वैज्ञानिक वन सबैमा डढेलो लागेको छ। कतिपयले जंगलमा च्याउ उम्रने, नयाँ पालुवा पलाउने, घाँस राम्रो आउने बाहानामा जानी जानी डढेलो लगाउँछन् त कतिपयले जंगली जनवारको सिकार गर्न डढेलो लगाइदिने गर्दछन्। भने कतिपय जंगलमा जाँदा चुरोट, बिडी खाने क्रममा डढेलो लाग्न पुग्दछ।



नेपालमा अहिले सरकारदेखि सामुदायिक वन, डिभिजन वन लगायतका वन कार्यालयहरुले डढेलो नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरेका छन्। देशभर डढेलो नियन्त्रणका लागि करोडौं बजेट विनियोजन गरेको छ। विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गरेका छन् तर डढेलो नियन्त्रण प्रभावकारी हुन सकेको छैन्।

वन सबैको साझा सम्पदा हो भने वन्यजन्तुको घर। मानव प्राणी बाँच्नका लागि वन्यजन्तु जीवित रहन उत्तिकै आवश्यक पर्दछ। त्यसकारणले पनि जंगलमा डढेलो लगाएर वन्यजन्तु, चराचुरुड्डी, किरा फट्यांग्रो मार्न हुँदैन। त्यति मात्र होइन, जंगलमा डढेलो लाग्दा ससाना रुख विरुवाहरु मासिन पुग्दछ। सँगसगै डढेलोका कारण वातावरणमा समेत असर पार्दछ। जसले गर्दा आँखा पोल्ने लगायतका समस्याहरु देखिन्छ भने जंगलमा ठूलो मात्रामा डढेलो लाग्दा जलवायुपरिवर्तनमा समेत असर गर्दछ। हामी सबै सचेत नागरिकले आजैदेखि यसलाई रोक्न लागौं।



सम्बन्धित
Loading...