क्रान्तिकारी युवा लिगद्धारा सुर्खेतका मालपोत अधिकृतमाथि कारबाहीः भ्रष्टचारी भन्दै दले कालोमोसो


सुर्खेत, १६ माघ । जिल्ला मालपोत कार्यालय सुर्खेतका सूचना अधिकृत नरबहादुर घर्तीलाई उनकै कार्यकक्षमा गएर बुधबार एक समूहले कालोमोसो दलेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) निकटको युवा संगठनका नेताहरुले जिल्ला मालपोत कार्यालय सुर्खेतका सूचना अधिकृत नरबहादुर घर्तीलाई व्यापक अनियमितता गरेको आरोपमा उनकै कार्यकक्षमा गएर कालोमोसो दलेको हो ।
क्रान्तिकारी युवा लिग नेपाल, सुर्खेतका नेता हिमाल शाहीले सूचना अधिकृतले सर्वसाधारण नागरिकलाई अनाहकमा दुख दिने र कार्यालयमा बसेर कमाउ धन्दा गरेको कारण आफ्नो संगठनले पहिलो चरणको कारबाही गरेको जनाएका छन् ।
युवा नेता शाहीले घटनाको विषयमा संगठनको तर्फबाट जिम्मा लिदैँ सूचना अधिकारीले नागरिकसँग घुस लिने गरेको र सरकारी कुर्सिमा बसेर ब्यापक अनियमितता गरेको जनाउँदै विज्ञप्ती जारी गरेका छन ।
नेता शाहिले समाजमा रहेका दलाल, तस्कर र बेइमानहरुलाई पार्टीको नीति तथा योजना अनुसार कारबाही प्रकृया निरन्तर अघि बढ्ने जनाएका छन ।
विज्ञप्ती अनुसार सूचना अधिकृत घर्तिलाई क्रान्तिकारी युवा लिंगका युवाहरुको एक समूहले उनको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी भन्दै नारा लगाउँदै कालोमोसो दलेको बुझिएको बुझिएको छ ।



सम्बन्धित
Loading...