मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण सुरु




नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौंडाद्वारा सुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा नौ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रले जनाएको छ । विद्युतीकरणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको र केही स्थानमा निर्माण प्रक्रियासमेत भइरहेको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार जिल्लाको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काम आगाडि बढाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मकवानपुरको मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, वकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम सुरु भएको छ ।




यसका साथै कार्यालयले काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल जडान गर्ने र तार तथा नयाँ टान्सफर्मरसमेत लगाउने काम गरिरहेको छ । कार्यालयका अनुसार विद्युत् मिटर लिने ग्राहकको संख्या ६५ हजार २५४ रहेको छ । चालू आवको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार ग्राहक रहेका थिए । विद्युत् महसुलवापत कार्यालयले मासिक रु १९ करोडभन्दा बढी रकम उठाउने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।



सम्बन्धित
Loading...