संविधानतः हुने निर्वाचन स्वीकार्य : माओवादी




नेकपा माओवादी केन्द्रले संविधानतः हुने चुनावबाट पार्टी नभाग्ने स्पष्ट पारेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी चुनावको पक्षमा रहेको तर त्यो संविधानतः हुनुपर्नेमा जोड दिए ।
‘हामी चुनावबाट भाग्दैनौँ, तर संसद पुनःस्थापनापछि नियमित समयमा चुनाव हुनुपर्छ भन्ने हाम्रो प्रष्ट धारणा छ’, मंगलबार पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता श्रेष्ठले भने, ‘संविधानतः चुनाव हुन्छ भने हामी त्यसको पक्षमा छौं ।

उनले पार्टीको मुख्य ध्यान चुनाव भन्दा पनि संविधान र लोकतन्त्र बचाउन भएको उनको भनाइ छ।



सम्बन्धित
Loading...