गण्डकी प्रदेशसभाको वैठक स्थगित

गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । सभामुख नेत्रबहादुर अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा बैठक स्थगित गरेको सूचना टाँस गरिएको छ।
दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ ।