गण्डकी प्रकरणः अकस्मात विरामी भएका सांसदकाे विषयमा छानबिन गर्न समिति गठन


अचनाक विरामी भएर अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानविन समिति गठन भएको छ । प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल जारी हुँदा सांसद शाही सम्पर्क विहिन भएका थिए ।



बुधबार २ बजेसम्म सम्पर्कमा रहेका सांसद शाही त्यसपछि भने फोन अफ गरेर सम्पर्क विहिन भएका थिए ।

उनी सम्पर्कविहीन भएपछि जनामोर्चाकै सांसद पियारी थापाको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।




संसद स्थगित भएपछि चाहिँ सम्पर्कविहीन भएका शाही चरक अस्पतालको स्विट रुम ६१५ मा भर्ना भएको खुलेको थियो ।

उनलाई कोभिड पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यद्यपी बुधबार बिहानको सरकारी ल्याब जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा चाहिँ शाहीको कोरोना रिपोर्ट नेगेटिभ छ । तर, सरकारी रिपोर्टलाई उछिनेर यहाँको एक निजी ल्याब लाइफकेयर डायग्नोष्टिक प्रालिले चाहिँ ३६ मिनेट अगावै सांसद शाहीलाई पोजेटिभ भएको कोरोना रिपोर्ट दिएको थियो ।



सम्बन्धित
Loading...