सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र संक्रमितहरुको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताएका हुन् ।
