नेकपाबाट चुनाब लडेकी विमला खत्री माओवादी केन्द्रमा प्रवेश, पोखरेलको बहुमत गुम्यो
बुटवल- नेकपाबाट चुनाब लडेकी विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन्।
उनले दल परिवर्तन गरेको पत्र आएको र पत्र दर्ता भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। उनी माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। उनले दाङ ३(२) बाट चुनाब जितेकी थिईन्।
