नवलपुरमा बुधबारदेखि १५ दिनको लागि निषेधाज्ञा जारी
नवलपुर । पूर्वी नवलपरासीमा बुधबारदेखि १५ दिनको लागि निषेधाज्ञा जारी हुने भएको छ ।
सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले बैशाख २१ गते मध्यरात १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरे लगतै सोमबार नै जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला विपद व्यवस्थापन समिति नवलपुरका संयोजक एवम् नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नवलपुर जिल्लामा भित्रिएको नयाँ भेरिन्ट सहितको कोभिड १९ को संक्रमण तिव्र रुपमा फैलिएकोले निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सिफारिस लगतै निषेधाज्ञा जारी गरेको बताइन् ।
नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सयको हाराहारीमा पुगेको छ भने एक दिनमा एक सयको हाराहारीमा नयाँ संक्रमित भेटिन थालेको छ ।
सोमबार मात्रै नवलपुरमा संक्रमणका लागि जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका १ जना गरी दुई जनाले ज्यान गुमाएका छन् । यो सहित नयाँ भेरिन्ट सहितको कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
विपद व्यवस्थापन समितिको निर्णय
निषेधाज्ञाको आदेश पत्र



