परासीमा प्रधानमन्त्री र राष्ट्रपतिकाे पुत्ला दहन 




हरि शर्मा –
परासी,१० जेठ : प्रतिनिधिसभा विघटनकाे विराेधमा नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले साेमबार सांझ सदरमुकाम परासीमा विराेध प्रदर्शन गरेकाे छ ।



असंवैधानिक तवरले गरिएकाे संसद् विघटनले देशलाई अस्थिरता तर्फ धकलेकाे भन्दै विद्यार्थीहरूले प्रधानमन्त्री र राष्ट्रपतिकाे पुत्ला दहन गरेका थिए ।
काेराेना संक्रमणका कारण एकै स्थानमा विराेध प्रदर्शन गर्न नसकिएकाले विद्यार्थीहरूले हरेक दिन सबै स्थानीय तहमा विराेध कार्यक्रमकाे अायाेजना गरिएकाे नेविसंघका सहसंयाेजक विकास घिमिरेले जानकारी दिए ।


सम्बन्धित
Loading...