लुम्बिनीमा राष्ट्रियसभाको आज उपनिर्वाचन
लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ।
मतदान बिहान ९ बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा शुरु भएको छ।
एमालेका चन्द्रबहादुर खड्का र एमाले छाडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। खड्काले माओवादी केन्द्र छाडेर एमालेमा गएपछि सो स्थान रित्त भएको थियो।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ। मतदान सकिएपछि आजै मत परिणाम सार्वजनिक गरिनेछ।