पूर्व प्रधानमन्त्री झलनाथ नर्भिक अस्पताल भर्ना


काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।



ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४÷५ दिनदेखि आएको ज्वरो नघटेपछि खनाललाई अस्पताल लगिएको हो ।
उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।




यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।



सम्बन्धित
Loading...