जातीय विभाजनको फिल्म ‘ग्रीन बुक’ ओस्कार अवार्ड
हलिउड फिल्म ‘ग्रीन बुक’ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र घोषित भएको छ । उत्कृष्ट चलचित्रको मनोनयनमा छनौट भएका ब्ल्याक प्यान्थर, अ स्टा इज बर्न, द फेभरेट, रोमाजस्ता चलचित्रलाई उछिन्दै ग्रीन बुक ओस्कार जित्न सफल भएको हो ।
भिग्गो मोर्टेनसेन र महेर्शाला अलीको मुख्य अभिनय रहेको यस चलचित्रले सन् १९६० दोस्रो विश्व युद्ध पश्चात देखिएको जातीय विभाजनको सुन्दर चित्र प्रस्तुत गरेको छ ।
ओस्कार चलचित्र क्षेत्रको विश्वकै सर्वोत्कृष्ट अवार्ड हो । अवार्ड समारोह अमेरिकाको डल्बी थिएटरमा आयोजना भएको थियो ।
अन्य विधाका ओस्कार विजेता यस प्रकार छन् ।
१. उत्कृष्ट अभिनेता : नाट्य चलचित्र बोहिमेन रापसोडीका नायक रामी मलिकले उत्कृष्ट अभिनेताको आवार्ड
२. उत्कृष्ट अभिनेत्री : द फेभरेट चलचित्रकी नायिका ओलिभिया कोलम्यानले उत्कृष्ट अभिनेत्रीको आवर्ड
३. बेस्ट एनिमेटेड फिचर स्पाइडर–म्यानः इन्टु दि स्पाइडर–भर्सले ओस्कार
४. उत्कृष्ट विदेशी भाषाको चलचित्र : मेक्सिकोमा बनेको चलचित्र रोमाले ओस्कार
५. उत्कृष्ट सिनेमाटोग्राफी : रोमाले ओस्कार
६. उत्कृष्ट डकुमेन्ट्री : फ्रि सोलोले ओस्कार