लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा


काठमाडाैं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।



जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न सक्ने अवस्था नभएकाे राजीनामा पत्रमा उल्लेख छ । उनकाे राजीनामापछि मुख्यमन्त्री शंकर पोखरेललाइ अप्याराे पर्ने भएकाे छ ।



सम्बन्धित
Loading...