पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी आईतवार सुनवल आउने




गोपी ज्ञवाली ।
नवलपरासी, असार २६। पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी आईतवार सुनवलको एक सभामा सहभागी हुने भएका छन् ।

राष्ट्रिय जनमोर्चाका नवलपरासी जिल्ला सलाहाकार तिलक सुवेदीका बुवा सालिकराम सुवेदीको १२ पुन्य तिथीको अवसरमा आयोजना गरिएको शोकसभालाई सम्बोधन गर्न पूर्व सहकारी मन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सुनवल आउने भएको राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहाकार तिलक सुवेदीले बताए ।




राष्ट्रिय जनमोर्चाका जिल्ला सलाहाकार सुवेदीका बुवाको यही असार १७ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।

कर्मकाण्डीय प्रकृया परित्याग गरि प्रगतिशिल तरिकाबाट बुबाको १२ र्औ पुण्यतिथीलाई एउटा शोक सभाको रुपमा मनाउने योजना अन्तर्गत बुवा सुवेदीको आईतवार दिउसो १२ वजे शोक सभाको आयोजना सुवेदी परिवार स्रोतले बताएको छ ।



सम्बन्धित
Loading...