नवलपुरको गैडाकोट स्थित राजमार्ग दुईतर्फि सञ्चालनमा
नवलपुरको गैडाकोट स्थित राजमार्ग दुईतर्फि सञ्चालनमा आएको छ ।
गैडाकोट २३ स्मृति नजिक डाईभर्सन बाढिले बगाएर अवरुद्ध पुर्व पस्चिम राजमार्ग दुईतर्फि रुपमा सञ्चालनमा आएको छ । विहिबारबाट अवरुद्ध भएको राजमार्ग सात दिनपछि सञ्चालनमा आएको हो ।
बाढिले बगाएको डाईभर्सन गत शनिबार नै निमार्ण गरेको भएपनि हिलो र दलदलका कारण सवरी वरपर गर्न भने सकेको थिएन ।
सोमबारबाट एकतर्फि रुपमा सञ्चालनमा आएको डाईभर्सन बुधबार साझांदेखि दुईतर्फि रुपमा सञ्चालनमा आएको सूचना अधिकारी बढुले बताउनुभयो ।