राधा तिवारीलाई बर्ष सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका र गोपाल तिवारीलाई नवगायकको अवार्ड

कतारको दोहामा भएको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ मा ‘माछी बस्ने पानीमा चरी वनैमा’ बोलको गीतले एकै साथ ३ वटा अवार्ड जितेको छ ।
उक्त गीतबाट नवलपरासीको बर्दघाटकी लोक तथा दोहोरी गायिका राधा तिवारी बर्ष २०१९ को सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका भएकी छिन् । राधा तिवारीले अहिले सम्म ३ सय बढी गीतमा स्वर दिई सकेकी छिन् ।

त्यसैगरी सोही गीतका गायक बर्दघाटकै लोक तथा दोहोरी गायक गोपाल प्रसाद तिवारीले लोक तथा दोहोरी नवगायकतर्फको अवार्ड पाएका थिए । नवगायक गोपाल प्रसाद तिवारीले अहिलेसम्म १० वटा गीतमा स्वर दिएका छन् । सोही गीतमा लोक तथा आधुनिक भिडियो निर्देशन तर्फ राजेश तिमिल्सिनाले अवार्ड प्राप्त गरेका थिए ।

दोहाको होटेल वेस्ट वेस्टर्न प्लसमा भएको अवार्ड वितरण कार्यक्रममा कतारका लागी नेपाली राजदुत प्रा. डा. रमेश प्रसाद कोइरालाले विजेताहरुलाई अवार्डका साथै सम्मान पत्र वितरण गरेका थिए । कार्यक्रममा दुई दर्जनबढी बिधागत अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली समाज बिकासको निमित्त विविध खाले योगदान पु¥याएको भन्दै करिब १ दर्जन एन आर एनहरुलाई सम्मान पनि गरिएको थियो ।
मिडिया टप नेपाल प्रा लि। सामाखुसी काठमाडौंको सहकार्यमा हिमालयन नेपाली इभेन्ट्स प्रा लि काठमाडौंले हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ कार्यक्रम आयोजना गरेका थियो ।