माओवादी हुप्सेकाेट अध्यक्षमा चन्द्रबहादुर थापा




अर्जुन अविरल –

नवलपुर – नेपाल कम्युनिसष्ट पार्टी (माओवादी केन्द्र) हुप्सेकोट गाउँ समितिको प्रथम गाउँपालिका अधिवेशन शुक्रबार भएको छ ।

 




अधिवेशनले चन्द्र बहादुर थापा (समर) को अध्यक्षतामा ३५ सदस्सीय गाउँपालिका समिति चयन गरेकाे छ ।

 

जसकाे उपाध्यक्षमा देवी अधिकारी (समीक्षा), यम वि क, मान गाहा , सचिवमा नयाँदत्त गौतम, सह सचिवमा अर्जुन सुनार ( राजेश ), कोषाध्यक्षमा टेकनाथ सिग्देल , सदस्यहरूमा डिल्लीराम चापागाइ, वीर विक , भवानी वि क , धन कुमारी पौडेल , देवका गौतम, नबिना राना, लिल वि क, हिमलाल गौतम, गुरु सुवेदी, लक्ष्मी पाठक, पुष्प राज पौडेल, पुर्ण अर्याल, मायाराम महतो, चोलाकान्त तिवारी, माधब वस्ताकोटी, देव बि क, राम भण्डारी , कृष्णमाया लम्साल, दीपा कुमाल, केशमाया गाहा लगायत ३५ सदस्य गाउँ समितिमा निर्वाचित भएका छन् ।

 

प्रथम अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का केन्द्रीय सदस्य किशन शर्मा, जिल्ला संयाेजक मित्रशरण शर्मा, हुप्सेकाेट ईञ्चार्ज तथा प्रदेश समिति सदस्य सुष्मा खनाल, कावासाेती ईञ्चार्ज तथा प्रदेश समिति सदस्य टंकमणी शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

अधिवेशनमा शहिद वेपत्ता परिवार , जनमुक्ति सेना , जेल यातना पाएका कमरेड , जनयुद्धको क्रममा पार्टीलाई सहयोग गर्ने परिवार लाई सम्मान गरिएको थियो । साथै अधिवेशनमा काँग्रेस, एमाले लगायतका पार्टी परित्याग गरि ५५ जना नेकपा ( माओवादी केन्द्र)मा प्रवेश गरेका थिए जसलाई किशन शर्माबाट टीका माला प्रदान भएको थियो ।

 

देशै भरि एकैचाेटि मंसिर ११ गते पालिका तथा नगर अधिवेशन गर्ने भनिए पनि हुप्सेकाेट पालिकाले एकदिन अगाडि नै अधिवेशन सम्पन्न गरेकाे हाे ।

नवलपुरकाे पहाडी क्षेत्रका बुलिङ्टार र बुङ्दिकाली बाहेक अरू पालिका तथा नगरकाे अधिवेशन आज हुँदैछ ।



सम्बन्धित
Loading...