सुकुम्बासी र जनताकाे काम गर्ने भनेकै माओवादी पार्टी: दिनानाथ शर्मा
कावासाेती। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का पूर्व स्थायी कमिटि सदस्य, पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासाेती नगरकाे प्रथम नगर अधिवेशनकाे उद्घाटन समाराेहमा सुकुम्बासी र गरिब जनताकाे काम गर्ने पार्टी भनेकाे माओवादी पार्टी रहेकाे बताए ।
प्रमुख अतिथि समेत रहेका शर्माले माओवादी आन्दाेलनले नै जातिय मुक्ति, लैङ्गीक अधिकार प्राप्त भएकाे बताए ।
अहिले यति धेरै बाेल्ने अधिकार पनि माओवादी पार्टीले दिलाएकाे हुनाले सत्तामा जाे जाे बसेकाे भए पनि देश माओवादीकै एजेण्डामा चलाएकाे बताए ।
गठबन्धन भत्काउनका लागि विभिन्न चलखेल हुन भईरहेकाे भए पनि हामी आ-आफ्नाे पार्टीकाे संठनात्मक काममा व्यस्त रहेकाे बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्माले क्रान्तिकारी पार्टी बनाउन सबै ईमान्दार, सचेत र युवाहरू सक्रिय भएर लाग्नु पर्ने बताएका छन् ।
फेसबुक मार्फत् देशैभरिका सबै पालिकाकाे अधिवेशन उद्घाटन प्रचण्डद्वारा गरिएकाे थियाे ।
डासीराम बस्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य तथा कावासाेती नगर ईञ्चार्ज टंकमणी शर्मा, प्रदेश कमिटि सदस्य तथा हुप्सेकाेट पालिका ईञ्चार्ज सुष्मा खनाल लगायतले शुभकामना मन्तव्य दिनु भएकाे थियाे ।
खुल्ला सत्र आज समापन भए पनि बन्द सत्र साेमबार मात्रै हुने भएकाे छ। याे अधिवेशनले ६५ सदस्सीय कावासाेती नगर समिति चयन गर्नेछ। अधिवेशनमा २०० जना प्रतिनिधि रहेका छन् ।
https://youtu.be/4RZR5LNp5YY




