शाहरुख खानकी छोरी सुहानाको डान्स भिडियो भाइरल (भिडियो सहित)


काठमाडौं। बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन। सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन्।



पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो निकै नै भाइरल बन्न पुगेको छ। उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन्। यो कुनै कार्यक्रमको भिडियो नभएर डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ। जसमा उनीसहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरेका छन्।

यो भिडियो सुहनाको स्कुलको भएको बताइएको छ। जहाँ उनी अभिनय र फिल्मी क्षेत्रका विभिन्न कोर्स सिकिरहेकी छन्। सुहानाको भिडियो यसभन्दा अगाडि पनि भाइरल भएका थिए। खबरअनुसार उनी छिट्टैनै बलिउड डेब्यु गर्दैछिन्। तर पिता शाहरुख खान भने यो कुरामा सत्यता नभएको बताउँछन्। एक अन्तर्वाताको क्रममा उनले छोरीको पढाइ पूरा नहोउन्जेल सिने क्षेत्रमा पाइला नराख्ने प्रतिक्रिया दिएका छन्। सुहानाले अभिनेय र निर्देशनका बारेमा आफ्ना पितासँग पनि सिकिरहेको खबरमा बताइएको छ।




हेर्नुहोस् भिडियो –

https://youtu.be/tncTgd3Kfy0

 



सम्बन्धित
Loading...