देवचुली र कावासोतीबाट ३२ जनाले त्यागे एमाले


 



नवलपुर,  मंसीर १४,  नेकपा एकिकृत समाजबादी नवलपुरले संगठन विस्तारलाई तिव्रता दिएको छ ।

 

संगठन बिस्तारकै क्रममा आज मंगलवार ३२ जनालाई पार्टी कार्यालय कावासोतीमा आयोजित कार्यक्रमममा प्रवेश तथा स्वागत गरिएको जनाईएको छ ।



कावासोती र देवचुलीका ३२ जना प्राज्ञिक, बौद्धिक तथा युवाले नेकपा एमाले परित्याग गरी समाजबादी पार्टीमा प्रवेश गरेको पार्टीको दावी छ ।

 

 

 

 

उसका अनुसार एमाले छाडेर आउनेमा प्राध्यापक, ईन्जिनियर, शैक्षिक क्षेत्रमा क्रियाशील, सामाजिक क्षेत्रमा स्थापित ब्यक्तिहरु छन् ।

 

 

 

नव प्रवेशीलाई नेकपा एसका केन्द्रीय कमिटि सदस्य एवं नवलपुर ईन्चार्ज डा. गोपाल खनालले टीका–खाँदा लगाएर पार्टी प्रवेश गराएका थिए भने जिल्ला अध्यक्ष शालिकराम भटराईले स्वागत गरेका थिए ।

 

प्रवेश कार्यक्रमको सहजीकरण सचिवालय सदस्य हुमाकान्त पराजुलीले गरेका थिए ।

 

 

 



सम्बन्धित
Loading...