कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी
नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् ।
देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् ।
अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् ।
https://www.youtube.com/watch?v=H1AnAP3ize8
