सभापतिमा दावी कायम छ : डा शशांक


 



 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति पदका लागि आफ्नो दावी कायमै रहेको बताएका छन् ।

 

 




शशांकले सहमति हुने अवस्था सिर्जना हुँदा मात्रै आफू त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘कोही एक जनाको नाममा सहमति हुँदा आफू बाधक नबन्ने भनेको हुँ ।

 

 

मेरो त्यागलाई अरुले अवसरमा परिणत गर्ने र एक भन्दा बढीले उम्मेदवारी दिने हो भने मेरो त्यागको अर्थ रहँदैन ।’

 

 

सभापतिको दौडबाट बाहिरिएको सन्देश दिएका महामन्त्री शशांकको यो अभिव्यक्तिसँगै संस्थापन इतर समूहमा फेरि सभापतिमा सहमतिको सम्भावना कम हुँदै गएको छ ।

 

 

शशांकले भने, ‘रामचन्द्रजीमा सहमति गरौं भन्ने कुरामा साथीहरु सहमत हुन सक्नु भएन ।

 

 

म बाधक बन्दिनँ भनेर मैले सहमतिमा जोड दिन खोजेको हो । त्यो नभएपछि मैले सभापतिको दौड त्याग्नुको अर्थ भएन ।’

 

https://www.youtube.com/watch?v=H1AnAP3ize8

 



सम्बन्धित
Loading...