सुनवलका बाढी पिडित विस्थापितले राहत पाएनन


File Photo

 



गोपी ज्ञवाली –

 

नवलपरासी । गत भदौमा परेको बेमौसमी वर्षा र बाडीका कारण विस्थापित भएका सुनवल खकरीबारीका बाढि पिडित विस्थापितले अहिले सम्म राहत पाउन सकेका छैनन ।

 




गत भदौ १० गते परेको बेमौसमी अविरल वर्षाका कारण तुरिया खोलामा आएको बाडीले बगाउदा सुनवल नगरपालिका वार्ड नम्बर १० खकरीबारी डाँडाटोल र भुजिया टोलका करिब तीन दर्जन घरपरिवारलाई बाढीले पुर्ण रुपमा क्षति पुर्याको थियो ।

 

बाढि प्रभावित भई विस्थापित भएका खकरीबारीका बाढिपिडित विस्थापितहरुले अहिले सम्म कुनै तहका सरकारहरुबाट कुनै प्रकारको सहयोग वा राहत नपाएको सुनवल खकरीबारीका बाढि पिडित विस्थापित विष्नु धिमीरेले बताउनु भयो ।

 

 

 

रातीको समयमा अचानक आएको बाढीले विष्नु घिमिरेको गाई फारममा रहेका ९ वटा गाई, ब्यावसायिक रुपमा पालन गरेका कुखुरा, लत्ता कपडा, खाद्यान्न लगाएत घरका सबै सामानहरु बगाएको र घरका परिवारहरु टिनको छानोमा चडेर बालबच्चाहरु बचाएको तर बचेकालाई अहिले जिवन धान्न समेत समस्या परेको अवश्थामा स्थानिय सरकार देखी केन्द्र सरकार सम्मका कुनै सरकारबाट पनि सहयोग नपाएको बाढिपिडित विस्थापित भएका विष्णु घिमिरेले बताउनु भयो ।

 

 

वेमौसमी वर्षाका कारण भदौ १० गते आएको तरिया खोलको बाढि बस्तीमा पसि दर्जनौ घर परिवारको गाई बस्तु, खाद्यान्न, लत्ताकपडा, सहित घरका सबै सामानहरु खोलाको बाढिले वगाएको थियो ।

 

सम्पतिको नाममा अहिले कुनै पनि बस्तु आफुसंग नरहेको अवश्थामा आफन्तको घरमा आश्रय लिएर बसेका पनि ३ महिना भई रक्दा सरकारी स्तरबाट कुनै सहयोग नभएको बाढि पिडित विस्थापित घिमिरेले बताउनु भयो ।

 

 

घरको छानो बाहेक केही पनि नरहने गरि बाडीले घरका सबै सामानहरु र गाई बस्तुहरु समेत बगाई दिए पछि पिडित बनेका खकरीबारीका स्थानियवासीहरुले धेरै पटक नगरपालिकामा हारगुहार गरेको भए पनि अहिले सम्म कुनै राहत वा क्षतिपुर्ती नपाएको गुनासो बाढिपिडित चिरन्जीवि गौतमले बताउनु भयो ।

 

सुनवल नगरपालिका वार्ड नम्बर १० खकरीवारीका स्थानिय बाढिपिडितहरुको क्षतिको विवरण संकलन गरी नगरपालिकाको विपद ब्यावस्थापन शाखामा बुझाएको सुनवल नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष शेषकान्त अधिकारीले बताउनु भएको छ ।

 

 

बाढीले डाँडा टोलका विष्नु धिमीरेको गाई फारम, चिरन्जीवि गौतमको कुखुरा फारम, ठाकुर प्रसाद गौतमको कुखुरा फारम, सहित भुजिया टोलका करिब दुई दर्जन घर परिवार बाडीबाट पुर्ण रुपमा क्षति पुर्याएको सुनवल नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष शेषकान्त अधिकारीले बताउनु भयो ।

 

https://www.youtube.com/watch?v=OlpcZw7-52Y

 

अधिकारीका अनुसार खकरीबारीका उक्त दुई टोलहरुमा बसोबास गर्ने ६० घर परिवार भए पनि बाडिका कारण करिब ३० घर परिवार प्रभावित एवं ६ घर परिवार विस्थापित भएका छन ।

 

 

बाढिपिडितहरुको तथ्यांक संकलनको काम सहिएको छ । बाढिपिडितहरुलाई सामान्य प्रकारको सहयोग गरिएको भए पनि राहत वितरण सम्बन्धि कार्यविधि स्थानिय सरकारसंग नभएकाले कार्यविधि बनाएर सहयोग गर्ने तयारीमा स्थानिय सरकार रहेको सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले बताउनु भएको छ ।

 

 

 

 



सम्बन्धित
Loading...