एमाले पाल्पा अध्यक्षमा घिमिरे, दाङमा बस्नेत




नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् ।

शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।




अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् ।

सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् ।

लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ ।

रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ ।

सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताए ।

एमाले दाङ अध्यक्षमा बस्नेत चयन

 

नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।

पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका -१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भएका छन् ।

तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।



सम्बन्धित
Loading...