नवलपुरमा पनि झारफुकको बाहानामा विरामीमाथि कुटपिट, विरामी गम्भीर घाइते




नवलपुर । पूर्वी नवलपरासीमा विरामीलाई झारफुक गर्ने बाहाना गम्भीर घाइते हुने गरी कुटपिट भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार केही महिनादेखि आफै बेहोस हुने समस्या रहेका विनयी त्रिवेणी २ तल्लो ज्यामिरे बस्ने ३७ बर्षीय जगबहादुर विकलाई झारफुक गरी सञ्चो गराइदिने भनी उपचार गर्ने क्रममा कुटपिट भएको हो ।




उनलाई विनयी त्रिवेणी २ सुनटाँडी बस्ने बर्ष ३५ को राजु विकले कुटपिट गरेका हुन् । कुटपिटबाट विरामी गम्भीर भएको स्थानीयले बताएका छन् ।

झारफुक गर्ने क्रममा सामान्य विवाद हुँदा कुटपिट भएको र कुटपिटबाट जग बहादुर वि.क.को दायाँ हातमा भित्री गम्भीर चोट र दुवै खुट्टामा बाहिरी चोट लागेको लागेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने राजु वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

यि हुन् उपचारको नाममा बालिकालाई त्रिशुल प्रहा’र गरी ह’त्या गर्ने माता



सम्बन्धित
Loading...