डोजरसँगै पुरि’एका ३ जनामध्ये १ जनाको श’व भेटियो




धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ ।

शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।




अन्य २ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए ।

बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

 

धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता



सम्बन्धित
Loading...