नवलपुरमा गैडाले हानेर एक जनाको निधन




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जनाको निधन भएको छ ।

नारायणी नदीमा माछा मार्न जाने क्रममा गैडाले हानेर कावासोती १४ निवासी अन्दाजी ५२ बर्षीय खोरबहादुर मुसहरको निधन भएको हो ।




उनको शव अहिले गाउँलेले उद्दार गरी ल्याउने तयारी भईरहेको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले बताए ।

आज विहान स्थानीयले खोजीगर्दा देखेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरेका थिए ।

नवलपुरमा पछिल्लो समय जंगली जनवारको आतंक छाएको छ ।

नवलपुरमा अहिले गैडा, बाघ, बदेल लगायतका जंगली जनवारको आतंक बढेको छ । जंगली जनवारको आतंकका कारण मानवीयदेखि खेतीबारीमा समेत क्षति भएको छ ।

यो पनि … …

३ सातामा पनि भेटिएन नरभक्षी बाघ

बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ, कैलालीको होटलमा युवा मृत फेला

बस र मोटरसाइकल दुर्घटना, एक जनाको निधन, १३ जना घाइते

 



सम्बन्धित
Loading...