झारफुक गरेर उपचार गर्ने बाहानामा त्रिशुलले बालिका ह’त्या गर्ने जेल चलान

काठमाडौं जिल्ला अदालतले सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
बालिकाको ह’त्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ ।
अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए ।
४८ वर्षीया ठकुरीले काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित पानीट्याङ्की नजिक भाडाको घरमा झारफुक गर्दै आएकी थिइन् ।

उनको घरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ कि १४ वर्षीया बालिका बेहोस अवस्थामा २४ पुसमा फेला परेकी थिइन् ।
बेहोस अवस्थामा बालिकालाई उद्दार गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्याइए पनि चिकित्सकले मृ’त घोषणा गरेका थिए ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूले झारफुक गर्ने ठकुरी र उनकी सहयोगी नाबालिका “स्वयम्भु ३३” लाई पक्राउ गरी ‘कर्तव्य ज्यान’ सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो ।
सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध कर्तव्य ज्या’न कसूरमा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
यो पनि पढ्नुहोस
यि हुन् उपचारको नाममा बालिकालाई त्रिशुल प्रहा’र गरी ह’त्या गर्ने माता
काठमाडौंमै धामीको भरमा २१ दिनसम्म ‘उपचार गर्दा १४ वर्षीया किशोरीको मृत्यु

