रात्रीकालिन व्यवसायबाट राम्रो आम्दानी

गोपी ज्ञवाली –
बर्दघाट । पश्चिम नवलपरासीको वर्दघाटमा पुर्वपश्चिम राजमार्गमा रातीमा हिडने गाडीहरुका लागि संचालन गरीएका रात्रिकालिन चियाखाजा पसलहरुबाट ब्यावसायिहरुले राम्रो आमदानी गर्ने गरेका छन ।
रातीको समयमा अन्यत्र अध्यारो र सुनसान भएको अवश्थामा रात्रिकालिन यात्रुहरुका लागि वर्दघाटको मुख्य बजारको बर्दघाट ४ बर्दघाट बजारमा भने राती भरी नै बजार खुल्ला र झिलिमिली हुने गरेको छ ।
पुर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरुका लागि वर्दघाटको उक्त स्थानमा रातीको समयमा मात्र खुल्ने करिब एक दर्जन चिया खाजापसलहरु संचालन हुने गरेको वर्दघाट नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष रविन्द्र विक्रम हमालले बताएका छन ।
सुरुको समयमा मुख्य रुपमा काठमाण्डौ, पोखरा देखी पश्चिम तर्फ जाने वा पश्चिमबाट पुर्व तर्फ जाने यात्रुवाहक बसहरुलाई रातीको समयमा चियाखाजाको सुविधा दिने उदेश्यका साथ खोलिने गरेका रात्रिकालिन चियाखाजा पसलहरुले अहिले रात्रिकालिन यात्रुहरुलाई सुविधा दिनुका साथै राम्रो आमदानी गर्न सफल भएको एक जना ठेला ब्यावसायी देविका सेनले बताईन ।
केही पसलहरु रातिको समय भरि नै खुल्ने गरेको भए पनि अधिकांश चियाखाजा पसलहरु रातीको १२ वजे पछि खुल्ने र विहानको सयमा उज्यालो भए पछि अन्यत्र हटाईने गरेको छ ।
वर्दघाटको यो स्थानमा रात्रिकालिन यात्रुहरुका लागि सार्वजनिक शौचालय, सहित हातमुख धुनका लागि नगरपालिकाले पानीको ब्यवास्था गरिदिएको छ ।
रातीको समयमा सयौं यात्रुवाहक बस एवं मालवाहक टूकहरुहरु यहाँ रोकिने गरेका छन भने रातीको समयमा हजारौं यात्रुहरुको यहां आवागमन हुने गरेको छ ।
राती भरी ब्यापक चालक हुने यो स्थानमा दिउसोको समयमा भने सडक जाम हुने भन्दै टूाफिक प्रहरीले यात्रु उतारने चडाउन बाहेक अन्य कामका लागि गाडीहरु रोकन दिदैन ।
रातीको समयमा पुर्व पश्चिम राजमार्गमा गुडने यात्रुवाहक बसहरु एवं अन्य यातायातका साधनहरुबाट आउने अस्थाई ग्राहकहरुबाट रातीको समयमा राम्रो आमदानी हुने रात्रिकालिन ब्यावसायिहरुले बताउने गरेका छन ।

सडक छेउमा एवं दिउसो खुल्ने स्थाई पसलहरुको बाहिरी पिडीमा लगाईने अस्थाई पसलहरुले मुख्य रुपमा चिया, खाजाको ब्यापार गर्ने गरेका छन भने भोला, पुकार, चिप्स, कुरकुरे पानी जस्ता सिलबन्द खाजाहरुको ठुलो ब्यापार रातीको समयमा हुने गरेको पछिल्लो लामो समय देखी ठेलामा चिया बेचदै आएकी अर्की ब्यावसायि विमला थापाले बताए।
रातीको समयमा मात्र कहिले काही त ४० लिटर सम्मको दुधको थिया विक्रि हुने गरेको ब्यावसायि थापाले बताईन ।

https://www.youtube.com/watch?v=IpBuQZToJ9s