नारायणी नदि जलयात्राका क्रममा भेटिए डल्फिन

कावासोती – विश्व सिमसार दिवसको अवसरमा नारायणी नदि जल यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
सिमसार प्रकार्य: मानव र प्रकृतिको लागि अपरिहार्य भन्ने नारा सहित विश्व सिमसार दिवसको अवसरमा सिमसार छेत्रको महत्व सम्बन्धी सचेतना कार्यक्रम लामिचौर उपभोक्ता समितिको आयोजनामा कावासोती पिठौली देखि त्रिबेणि धाम सम्मको जल यात्रा गरिएको हो ।
जलयात्राका क्रम ११ वटा घडियाल गोहि ,१६ वटा मगर गोहि २ वटा डल्फिन ,गैडा,४० प्रजातिका चराचुरुङ्गी भेटिएका थिए ।
जैविक विविधता लगायत प्राकृतिक सौन्दर्यहरुको अवलोकन गर्नुका साथै प्राकृतिक बिपत्ति, सम्भावना र चुनौतिका विषयहरुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
जलयात्रामा लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासु पौडेल,अमल्टारी उपभोक्ता समितिका अध्यक्ष केदार घिमिरे, निकुञ्ज प्रशासन,नेपाली सेना,जटायु प्रतिनिधि, CBAPU का अध्यक्ष,पत्रकार लगायत संरक्षण कर्मिहरुको उपस्थित रहेको थियो ।



