वस्तुगत उपसमितिकाे नेतृत्वमा गुप्ता


राम अवतार चाैधरी
कपिलवस्तु



कपिलवस्तुमा व्यवसायीहरुलाई एकीकृत गर्न हाटबजार व्यवसायीकाे वस्तुगत उपसमिति गठन गरिएकाे छ । चेम्बर अफ कमर्स कपिलवस्तुकाे कार्य क्षेत्रभित्रका व्यवसायीलाई एकीकृत गर्ने उद्देश्यले बिहीबार चन्द्राैटामा रजत गुप्ताको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरिएको आयाेजकले जनाएको छ ।

जसको उपाध्यक्षमा रितिक थापा, सचिवमा अनिल मौर्य, उपसचिवमा दिनदयाल गिरी, काेषाध्यक्षमा रमेश अर्याल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा उमेश प्रसाद अग्रहरी, दिपक यादव, रिता विश्वकर्मा, लैला मिया, हरि भण्डारी, मुकेश भण्डारी, अजय यादव, आन्नद अग्रहरी, राजकुमार कसौधन र रामबहादुर चौधरी लगायत चयन भएकाे संघका महासचिव गाेपाल बन्जाडेले जनाए ।




कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेव पाेखरेलले हाटबजार व्यावसायिका समस्या समाधान गर्न चेम्बरले सहयाेगीकाे रुपमा भुमिका खेल्ने बताए । साथै नव निर्वाचित कार्य समितिलाई बधाई तथा सफलताको शुभकामना समेत पाेख्रेलले व्यक्त गरे । यसैबीच चेम्बर अफ कमर्सकाे उपाध्यक्ष प्रेमकला पौडेलकाे र महासचिव बन्जाडे लगायतले कार्यक्रम सम्बाेधन गरेका थिए ।



सम्बन्धित
Loading...