वाईसिएल नवलपुर जिल्ला समन्वय गठन, संयोकजमा प्रविन




नवलपुर । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलको जिल्ला भेला भएको छ ।
भेलाले वाईसिएल नवलपुरको जिल्ला समन्वय समिति गठन गरेको छ ।

योङ्ग कम्युनिष्ट लिग नेपालमा आबद्ध रहेका जिल्लाका सबै पालिकाका केही प्रतिनिधि मुलक युवाहरूको भेलाले जिल्ला समन्वय समिति निर्माण गरेको हो ।




यस अघि नै केन्द्रको निर्णयले जिल्ला संयोजकमा प्रविन पौडेल र ईञ्चार्जमा देवि अधिकारी समिक्षालाई तय गरेको थियो ।

भेलाले प्रविन पौडेलकै संयोजकत्वमा २५ सदस्सीय जिल्ला समन्वय समिति निर्माण गरेको हो ।

माओवादी केन्द्रले पार्टी र भातृ संगठनको जिल्ला समितिलाई जिल्ला समन्वय समितिको रूपमा निर्माण गरेको छ । यसै अन्तर्गत योङ्ग कम्युनिष्ट लिग नेपालले पनि जिल्ला समन्वय निर्माण गरेको हो ।

योङ्ग कम्युनिष्ट लिग नेपाल, नवलपुर संयोजक प्रविन पौडेलको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य किशन शर्मा गैह्रेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा योङ्ग कम्युनिष्ट लिग नेपाल, गण्डकी प्रदेश ईञ्चार्ज राजकुमार दुलाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य तथा जिल्ला संयोजक मित्रशरण शर्मा विहानी, गण्डकी प्रदेश सदस्यहरू धनप्रसाद सापकोटा, तारा भूषाल, टंकमणी शर्मा, दमयन्ति रूचाल, चन्द्र बहादुर गाहा समर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला कार्यालय कावासोतीको सभाहलमा भएको थियो भने कार्यक्रमको सहजिकरण सद्दाम हुसेनले गरेका थिए ।



सम्बन्धित
Loading...