वर्षाले पश्चिम नवलपरासीमा ३ करोडको काचाँ ईटा नष्ट

हिउदे वर्षा कारण पश्चिम नवलपरासीमा फेरि तिन करोड रुपैयाँ बराबरको काचाँ ईटाँ नष्ट भएको छ । जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा बुधवारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट भएको हो ।
जिल्लाभरका उद्योगबाट १ करोड २५ लाख गोटा काँचो ईटा वर्षाका कारण गलेर नष्ट भएको ईट्टा व्यवसायी संघ नवलपरासीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष धनपत यादवले बताए ।
काचोँ ईटाको मुल्य प्रतिगोटा झन्डै तिन रुपैयाँ मान्दा पनि ३ करोड बढिको क्षति भएको उनले बताए । वर्षभरी बेच्नका लागी तयार गरिएको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायी मारमा परेको उनले बताए ।
हरेक वर्ष वर्षाका कारण ईटाँ व्यवसायि मारमा पर्ने गरेको बताउदै व्यवसायिहरुले सरकारले क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
क्षतिपुर्ति उपलब्ध गराउन नसके पनि स्थानिय सरकारले कच्चा पर्दाथ, बालुवा, माटोमा लगाउदै आएको कर मिनाहा गर्नुपर्ने उनिहरुको माग छ ।
अहिले कोईला लगाएतका आवश्यक कच्चा समाग्रिको पनि मुल्य वृद्धि भएको र वर्षाका कारण क्षति पनि भएपछि उद्योगि मारमा परेको अध्यक्ष यादवले बताए । कोइलाको एक्कासी मूल्यवृद्धि र आयातमा समस्या हुदा समस्या भएको उहाँले बताए ।
कोइलाको तेब्बर मूल्यवृद्धि, आयातमा समस्या र झरीका कारण इँटामा क्षति भएका कारण इँटा उत्पादनमा कमी आउने भएको छ । गतवर्षसम्म प्रतिकेजी २० रुपैयाँमा पाइने कोइला यो वर्षदेखि ४८ रुपैयाँमा पुगेको छ ।
नेपालमा आउने इन्डोनेसिया, अमेरिका र अस्ट्रेलियाको कोइला सोझै १० वर्षका लागि चीनले खरिद गर्ने सम्झौताका कारण यहाँ कोइलाको मूल्य आकासिएको हो । उता, वर्षाले पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगका ९३ लाख इँटा बिग्रिएका छन् ।
इँटा उत्पादक संघका सचिव कृष्ण गौतमका अनुसार खेतमा बनाउँदै गरेको काँचो इँटा झरीले बिगारेको हो । बनाउँदै गरेको काँचो इँटा बिग्रिएकाले उद्योगी मारमा परेको गौतमले बताए ।
लगातार परेको वर्षातले यहाँका उद्योगीलाई करिब ३ करोड ७२ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले बताए । पूर्वी नवलपरासीमा वार्षिक ९ करोड इँटा उत्पादन हुँदै आएको छ ।
झरीले ठुलो संख्यामा ईट्टा बिग्रिएकाले यो वर्ष कूल ३ करोडमात्र इँटा उत्पादन हुने आकलन गरिएको छ । यो वर्ष बजारमा इँटाको माग बढ्ने भए पनि लगातारको वर्षाले उद्योगीहरूलाई निराश बनाएको गौतमले बताए ।
उद्योगबाट प्रतिगोटा १५ रुपैयाँमा इँटा बिक्री हुँदै आएको छ ।
पूर्वी नवलपरासीमा वाार्षिक एक अर्ब ३५ करोड मूल्य बराबरको इँटा उत्पादन हुँदै आएको छ । यसपटक कतिपय ईट्टा उद्योगले हालसम्म आगो लगाउनसमेत नपाएको गौतमले बताए ।
पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगमा २५ सय मजदुर कार्यरत छन् । तीमध्ये ३० प्रतिशत भारतीय मजदुर रहेका छन् ।