रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश





बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्षले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

 

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमालेमा प्रवेश गरेका हुन् ।


रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । त्यस्तै, ओमसतियाका अध्यक्ष केवट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

 

उनीहरूसँगै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् ।

ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मालगायत नेताले पार्टीमा स्वागत गराएका हुन् ।

 



सम्बन्धित
Loading...